नेकपा एमालेद्वारा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्न आग्रह

12.5K
shares
Nabil bank

काठमाडौं । नेकपा एमालेले पार्टीका सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा हालि दिन् आग्रह गरेकाे छ ।

बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो ।

त्यसका लागि नेकपा एमालेले राष्ट्रिय बाणिज्य बैंक, टेकू शाखामा १७–००१००००११५९००१ नम्बरको चल्ती खाताको व्यवस्था गरेको छ ।

सोही खातामा सबै पार्टी सदस्यहरुले महाधिवेशनको खर्चका लागि मोबाईलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ पैसा जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x