सुनकाे मुल्य एकैदिन ३ सयले बढ्यो
वि.सं.२०७८ कात्तिक २५ बिहीवार
11.9K
shares
shares
काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । बिहीबार एकैदिन सुन प्रतितोला एक हजार ३ सय रुपैयाँले बढेको हाे ।
आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, केही दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदीकाे मूल्य प्रतितोला १ हजार २७० रुपैयाँ कायम भएको छ ।
Subscribe
0 Comments
Oldest































