बैंक अफ काठमाण्डु कर्मचारी संघको अध्यक्षमा अरुण श्रेष्ठ
वि.सं.२०७८ कात्तिक २८ आइतवार
shares
कार्तिक २८ काठमाडौँ। बैंक अफ काठमाण्डु कर्मचारी संघको तेस्रो केन्द्रिय महाधिवेस सम्पन्न भएको छ । महाधिवेसनबाट अध्यक्षमा अरुण श्रेष्ठ, उपाध्यक्षमा समेन्द्र के.सी., महासचिवमा निलराज घिमिरे, सचिमा धिरेन्द्र शाह र कोषाध्यक्षमा मेघनाथ भण्डारी सर्वसम्मत चयन हुनुभएको हो । यस्तै ८ जना जना सदस्य सहित १३ सदस्यीय केन्द्रिय समिति नै सर्वसहमतिका साथ निर्वाचित भएका हुन् ।
कार्यक्रममा नेपाल वित्तिय कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष धर्मप्रसाद खनालको प्रमुख आथित्यिता रहेको थियो । हिमालयन बैंक कर्मचारी संगठनका अध्यक्ष गौतम भण्डारी, एभरेष्ट बैंक कर्मचारी संगठनका अध्यक्ष परशुराम सुवेदी, नेपाल एसबिआइ बैंक कर्मचारी संघका अध्यक्ष तुलसी दाहाल, नबिल बैंक कर्मचारी युनियनका अध्यक्ष सबिन भट्टराई, नेपाल बंगलादेश बैंक कर्मचारी संघका सचिव माधव सापकोटा, नबिल बैंक कर्मचारी युनियनका महासचिव मनिष सिटौलाको आथित्यता रहेको कार्यक्रममा निर्वाचन सम्पन्न गर्नको लागि प्रमुख निर्वाचन अधिकृत बासुदेव खत्रि तथा निर्वाचन अधिकृतमा किरण कार्की रहनु भएको थियो ।
२०७० सालमा कर्मचारीको हककितको लागि स्थापना भएको संघले सामाजिक सुरक्षा कोष विरुद्धको आन्दोलनमा शसक्त्त भूमीका निर्वाह गर्दै आएको छ ।
संघको निर्वाचन प्रत्यक तिन ÷तिन वर्षमा हुने गर्दछ । यसअघि २०७४ सालमा अध्यक्षमा अरुण श्रेष्ठकै नेतृत्वमा संघले नयाँ नेतृत्व पाएको थियो । संघमा बैंकका साखा र उपशाखामा रहेका कर्मचारीहरुको सदस्यता रहेको छ ।




























