सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमाकोष ४ अर्ब नाघ्यो, बीमाशुल्क आर्जनमा पनि शत प्रतिशत वृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७८÷०७९ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमाकोष १११.४०% ले वृद्धि भएर रु.४ अर्ब २४ करोड ५५ लाख पुगेको छ ।

गत आ. व. को सोही अवधिमा कम्पनीको जीवन बीमाकोष रु. २ अर्ब ८२ लाख रहेको थियो । जीवन बीमाकोषको वृद्धिसंगै कम्पनीले आक्रामक रणनीति अवलम्बन गरेकाले व्यवसाय विस्तारमा समेत शत प्रतिशत वृद्धि गर्न सफल भएको कम्पनीको दावी छ । गत आ. व. को आश्विन मसान्तसम्ममा कुल बीमाशुल्क रु. ६२ करोड ८ लाख संकलन गरेकोमा यस आ. व. को सोही अवधिमा रु. १ अर्व २४ करोड ३२ लाख संकलन गर्न सफल भएको छ ।

समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाखबाट करिव ४४ प्रतिशतले बढाएर ८५ करोड ३ लाखको उचाई चुमाएको छ । यसका साथै कम्पनीले लगानी, बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा करिव ५१ प्रतिशतले वृद्धि गरी रु. १६ करोड ५१ लाख पु¥याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु ६ अर्व ८९ करोड मध्ये करिब ७२.४७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro