दुर्घटना बीमालाई छुट्टै निर्देशिका जारी

दुर्घटना बीमालाई लक्षित गरेर बीमा समितिले छुट्टै निर्देशिका जारी ल्याएको छ । समितिले सोमवार दुर्घटना बीमा निर्देशका २०७८ जारी गरेको हो । नेपालमा दुर्घटना बीमा पहिलादेखि नै प्रचलनमा छ, तर त्यससम्बन्धी छुट्टै निर्देशिका तथा मापदण्ड भने थिएन । समितिले अहिले आएर यस सम्बन्धमा आवश्यक मापदण्ड नै बनाएर निर्देशिका नै जारी गरेको हो ।

समितिले निर्जीवन बीमा कम्पनीहरूका लागि उक्त निर्देशिका जारी गरेको हो । अब निर्जीवन बीमा कम्पनीहरूले नयाँ निर्देशिकाअनुसार नै यस्तो बीमाको कारोबार गर्नुपर्नेछ । समितिले निर्देशिकामार्पmत व्यतिगत तथा सामूहिक रूपमा समेत दुर्घटना बीमा गर्न पाउने व्यवस्था गरेको छ । कुनै समूहमा आबद्ध व्यक्तिहरूको मात्रा सामूहिक रूपमा यस्तो बीमा गर्न सकिनेछ । बीमा गर्ने उद्देश्यले नै छुट्टै समूह स्थापना भने गर्न नपाइने बताइएको छ ।

व्यक्तिगत दुर्घटना बीमा गर्दा प्रतिहजार २ रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ । त्यसअनुसार कुनै एक जना व्यक्तिले रू. १ लाखको दुर्घटना बीमा गर्दा रू. २०० प्रिमियम तिर्नुपर्ने देखिन्छ । ​सामूहिकतर्फ भने २५ जनासम्मको बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार २ रुपैयाँ नै शुल्क लाग्नेछ ।

२६ देखि १०० जनासम्मको बीमा गर्दा भने प्रतिव्यक्ति प्रतिहजार १ रुपैयाँ ७५ पैसा र १०० जनाभन्दा बढीको बीमा गर्दा प्रतिव्यक्ति प्रतिहजार १ रुपैयाँ ५० पैसा बीमाशुल्क लाग्नेछ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro