प्रदेश १ – नवनिर्वाचित मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

काठमाडौं । प्रदेश १ का नवनिर्वाचित मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत लिँदै छन् ।

आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईले गत आइतवार विश्वासको मतका लागि संसद् सचिवालयमा दर्ता गरेको सूचनाको सम्बन्धमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

उनी नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनबाट कात्तिक १६ गते प्रदेश १ को मुख्यमन्त्री बनेका हुन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro