इन्टरनेशनल स्कुल फोर स्किल्सकाे यात्रा सञ्चालनमा

“दक्ष नेपाल… सक्षम नेपाल” को मुल नारा सहित काठमाण्डौंको एभरेष्ट होटेलमा इन्टरनेशनल स्कुल फोर स्किल्सले आफ्नो यात्रा सुरु गरेको छ। आइ एस एसले नेपाली बजारमा कर्पोरेट सहित आम जनमानसलाई हुने गरी विभिन्न अन्तराष्ट्रिय तालीमहरु नेपाल भित्र्याउँदै छ ।

आइ एस एसले नेपालमा लेभल ४ सर्टिफिकेट इन आइ टि, लेभल ५ डिप्लोमा इन आइटि, लेभल ६ प्रोफेस्नल ग्रायडुयट डिग्री इन आइटि सहितको ब्रिटिश कम्प्युटर सोसाइटीले प्रधान गर्ने तालीम नेपालमा रहेको सेकेण्डरी लेभल भन्दा माथीका विद्यार्थी सहित, आइ. टी. तथा आइ. टी. बाहेकका अरु कुनै संस्थामा काम गरिरहनु भएका व्यक्तिहरूको लागी ल्याएको छ। बिद्यार्धिहरुले सफ्टवेर डेवेलोप्मेन्ट, नेट्वोर्किङ तथा इन्फर्मेसन सिस्टमको पढाई लेवल ४ मा गर्न पाउने छन् ।

आइ एस एसले नेपालमा इ- जाँच नामक परिक्षा गराउने प्रविधि पनि ल्याएको छ। इ- जाँच, ए आई प्रविधि प्रयोग सहित विश्व भरी अपनाइदै गरिएको प्रविधिहरु प्रयोग गरी तैयार पारिएको सफ्टवेयर हो। इ-जाँचको प्रयोग कर्पोरेट सहित विभिन्न शैक्षिक संस्थाहरुले आफ्नो परिक्षा गराउन गर्न सक्ने छन्। नेपालको भूगोल र प्रविधिको आधारमा इ- जाँचको विकास गरिएको छ। इन्टरनेटको सीमित स्पीडका कारणले गर्दा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै, इ- जाँचको विकास गरिएको हो ।

नेपालमा पहिलो पटक, आइ एस एसले के पि एम जिसँग सम्झौता गरी नेपालमै विश्वस्तरीय तालिमका कार्यक्रमहरु पनि लिएर आउँदै गरेको जानकारी गराएको छ। विश्वको ४ ठूलो तालीम दिने संस्था मध्यमा के पि एम जि पनि पर्दछ। बिजनेस एक्सिलेन्स ट्रेनिङ प्रोग्राम भनिने केपि एम जिको प्रोग्राम नेपालमा आइ. एस. एस. ले लिएर आउँदै छ ।

कर्मचारी, विद्यार्थी तथा इन्ट्रप्रेन्युरहरुको लागि यो कार्यक्रम नेपाल ल्याइएको छ। डिसाइन थिन्किंग एंड इन्नोवेशन, सर्विस डिसाइन, ब्राण्ड स्ट्राटेजी, अजाइल प्र्याक्त्टिसनर तथा लिन सिक्स सिग्मा ग्रीन बेल्ट नामक तालिमहरु आइ यस यस ले प्रधान गर्ने आइ एस एसले नेपालमा कसैको स्किल्सको आंकलन गरी वहाँहरुलाई सुहाउँदो तालीम दिइ तालीम लिन आउने विद्यार्थीहरुलाई झन् दक्ष र सक्षम बनाउने अठोट सहित आइ एस एसको सुरुवात गरेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro