ज्योति लाईफ इन्स्योरेन्सको जीबन बीमा कोष शत प्रतिशतले बृद्धि भई रु.५.४४ अर्ब कायम

सर्वाधिक संख्यामा घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको ज्योति लाइफ इन्स्योरेन्सले चालु आ.व. ०७८/७९ को पहिलो त्रयमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

उक्त वित्तीय विवरण अध्ययन विश्लेषण गर्दा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यस आ.व.को पहिलो त्रयमासमा कुल बीमा शुल्कमा ४० प्रतिशतले वृद्धी भइ रु. ८१.७८ करोड आर्जन गरी कुल लगानी रकममा ८२ प्रतिशत ले वृद्धी गरेको छ भने खुद नाफामा २८ प्रतिशतले वृद्धी गर्दै रु. ९.२३ करोड नाफा गर्न सफल भएको छ ।

व्यवसाय तथा लगानी वृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीको जगेडा कोषमा समेत ५५ प्रतिशतले वृद्धी भइ रु.६६.१० करोड कायम हुन गएको देखिन्छ भने जीवन बीमा कोषमा १०१ प्रतिशतले वृद्घी भइ रु. ५.४४ अर्ब कायम गर्न कम्पनी सफल भएको देखिन्छ ।

जीवन बीमा कम्पनीको बलियो आधार तथा एक महत्वपुर्ण सूचकको रुपमा जीवन बीमा कोषलाइ लिइन्छ जसको कारणले बीमितहरुले पाउने बोनसदरमा समेत सकारात्मक प्रभाव पार्नेछ ।

Shangri-la Development Bank Ltd.
Nepali patro