मेगा बैंक लिमिटेडले २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं। मेगा बैंक लिमिटेड (MEGA) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई दश प्रतिशत बोनस शेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

परिमार्जनअघि कार्तिक २३ गते, मंगलबारको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लाभांश परिमार्जनपछि अब बैंकका शेयरधनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित २.०७ प्रतिशत नगद लाभांश पाउनेछन् । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र वितरण हुनेछ ।

Shangri-la Development Bank Ltd.
Nepali patro