सेयर बजारमा आज दोहोरो अंकले वृद्धि , कारोबार रकम पनि बढ्याे

काठमाडौं । आज (बुधबार) सेयर बजार दोहोरो अंककाे चढाव आएकाे छ । बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ बिन्दुमा पुगेको छ । आज नेप्से ०.६१ प्रतिशतले बढेको छ ।

आज कुल २२४ कम्पनीको एक करोड १९ लाख ४३ हजार ८५८ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro