मधेशको खलनायक एमाले तथा अध्यक्ष ओली हुन् – अध्यक्ष प्रचण्ड

1.5K
shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशको खलनायक एमाले तथा अध्यक्ष केपी शर्मा ओली भएको जिकिर गरेका छन् ।

बिहीबार महोत्तरीको रामगोपालपुरमा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘ मधेशका मुद्दाहरुमा केपी ओलीले नै कुठाराघात गरेको तथा आफू प्रधानमन्त्री हुँदा मधेशका मुद्दामा केन्द्रीत गर्दै दुईपटक संविधान संशोधन गर्न प्रस्ताव पेश गर्दा केपी ओलीले नै रोकेको उनले दाबी गरे ।

मधेसी जनताले माओवादीलाई विश्वास गर्दै गएको हुनाले आगामी चुनावमा माओवादी केन्द्र प्रदेशकै पहिलो पाटी बन्ने अध्यक्ष दाहालले बताए । मधेशको चुरे दोहनलाई प्रोत्साहित गर्न चुरे दोहनको नीतिसमेत एमालेले नै ल्याएको बताउदै केपी ओली मधेशको भिलेन खलनायक रहेकाे तर्फ गरे ।

रामगोपालपुरमा उपस्थित सर्वसाधारणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सिँचाइ, यातायात, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई समाधान गर्ने आफू र माओवादी तत्पर रहेकाे समेत उनले उल्लेख गरे ।

civil hospital
Hams Hospitals