ज्योति लाईफको वैदेशिक रोजगार म्यादी जीवन बीमा अब थप प्रविधि मैत्रि

1.6K
shares

नेपालीहरु व्यक्तिगत रुपमा बैदेशिक रोजगारीको लागी जाँदा गरिने म्यादी जीवन बीमा वापतको बीमा शुल्क बुझाउने सुविधा ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत बर्ष देखि दिँदै आएको र सो सुविधालाई थप विस्तार गर्दै म्यान पावर मार्फत वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने म्यादी जीवन बीमाको बीमाशुल्क भुक्तानी अब आफ्नो मोबाइल मार्फत खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने बनाएको छ ।

शुरुवाती दिन देखि नै प्रविधिमैत्री सेवाहरु विस्तार गर्दै अईरहेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खल्ती डिजिटल वालेटसंग सहकार्य गर्दै मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने यो व्यवस्था सुचारु गरेको हो ।

बीमालेख जारी गर्न Khalti को वेबसाईट वा मोबाईल एप बाट Popular Government Services मा गई DOFE Insurance छानेर DOFE Insurance (Manpower) वा DOFE Insurance (Individual) रोजेर बिवरण हरु भरि जारी गर्न सकिनेछ ।

ISO 9001:2015  गुणस्तर चिन्ह प्रमाण पत्र प्राप्त यस कम्पनीले सुचारु गरेको यस सेवा मार्फत सेवाग्राहीले काउन्टरमा गई बीमाशुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त भई सम्पूर्ण वीमितहरुको समयको बचत हुने कुरामा कम्पनी विश्वस्त रहेको कुरा कम्पनीका कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले जानकारी गराउनु भयो ।

civil hospital
Hams Hospitals