नेपालका विविध स्थानहरुमा महिन्द्राको २ एस सर्भिस सेन्टर संचालन गरिदैँ

महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक माक्र अधिकृत बित्रेता अग्नी समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालिले हालसालैे तीन नयाँ २एस सव–डिलरहरु आफ्नो आधिकारिक ३एस डिलर लोक शुसिला अटो कन्शर्नको मातहतमा संचालनमा ल्याएको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै आफ्ना सेवा विस्तार गर्ने उद्देश्यका साथ बालाजु अटो वर्कशले दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशप​, कपिलवस्तु; मैनाबगर अटोल्यान्ड​, मैनाबगर र रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयर​, पाल्पा संचालनमा ल्याउँदै छ ।

माननीय मुख्यमन्त्री कुलप्रसाद के. सी. तथा अग्नी ग्रुपका एक्जुकेटिभ डाइरेक्टर श्री अर्जुनप्रसाद शर्माबाट यही मंसिर २, २०७८ मा मैनाबगर अटोल्यान्डको समुद्घाटन सुसम्पन्न गरियो । त्यस्तै, दर्शन मल्टी अटो भिलेज एन्ड वर्कशपको पनि सोही दिन बालाजु अटो वर्कशका स्पेयर हेड तथा स्टाफका साथ सामूहिक उद्घाटन गरियो ।

“हाम्रो नेटवर्क विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै यी सव​–डिलरहरु संचालनमा ल्याएका छौँ र आगामी दिनहरुमा अझ विस्तारित सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदछौँ ।“ महिन्द्राका लागि प्रदेश ४, ६ र ७ का प्रोभिन्स म्यानेजर बिजेस गयामरुले बताउनुभयो । यसका साथै रामपुर अटो भिलेज र लक्ष्मी मोटो केयरको उद्घाटन पनि केही दिनमै हुने जानकारी दिइएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro