एमाले महाधिवेशन – अध्यक्ष पदमा ओलीसँग रावलले प्रतिष्पर्धा गर्दै

2.1K
shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम रावलले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्ने भएका छन् ।

नेता रावलले आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्न लागेका हुन् ।

यसअघि एमालेले अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत रुपमा चयन गर्ने तयारी रहेकोमा रावलले ओलीसँग प्रतिष्पर्धा गर्न लागेका हुन् ।

आगामी महाधिवेशनमा रावलसहितका नेताहरुको भूमिका के बन्ने भन्ने चर्चा चलिरहेका बेला रावलले अध्यक्षमा प्रतिष्पर्धा गर्न लागेका हुन् । आगामी मंसिर ९ देखी १२ गतेसम्म चितवनमा एमालेको १० औँ महाधिवेशन हुँदैछ ।

civil hospital
Hams Hospitals