नेप्सेमा ७.९० अंकको वृद्धि , काराेबार रकममा पनि वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार गिरावट आएको शेयर बजार मापक नेप्से सोमबारमा भने सामान्य वृद्धि देखिएको छ ।

सोमबार ७.९० अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ७.९० अंकले बढेर २ हजार ७६५.४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा थियो ।

आज नेप्से १३ उपसमूह मध्ये पाँच उपसमूहको शेयर मूल्य गिरावट आएको छ भने अन्य ८ उपसमूहमको मूल्य बढेको छ । जसमा बैंकिङ समूहको २.८९ अंक, ट्रेडिङ १५.८३ , होटल तथा टुरिजम १४९.७६, जलविद्युत १०.९२, निर्जीबन बीमा ९९.४८ बढेको छ ।

त्यस्तै, माइक्रोफाइनान्स १४.५७ , जीवन बीमा समूहको उपसूचक ७.०८, विकास बैंक ३४.९९ , उत्पादन तथा प्रशोधन २४.९१ अंकले घटेको छ । मानुषीको शेयर १० प्रतिशतले बढेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro