पार्टी नै होइन् भने पार्टी भनेर निम्ता गर्ने स्थिति रहेन् – अध्यक्ष ओली
वि.सं.२०७८ मंसिर ७ मंगलवार
1.3K
shares
shares
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई तथा नेपालले नेतृत्व गरेको निष्कासित व्यक्तिहरूको गुटलाई पार्टी भनेर मान्न सक्ने स्थिति नरहेको बताएका छन् ।
मंगलबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले भने, ‘पार्टी नै होइन भने पार्टी भनेर निम्ता गर्ने स्थिति रहेन् , व्यक्ति व्यक्ति छानेर निमन्त्रणा गरेका छैनौं ।’
उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई महाधिवेशनमा पार्टीका रूपमा बोलाउन नसकिने बताए । कोही व्यक्तिलाई एमालेले नबोलाएको उनको भनाइ छ ।
एमालेको १०औं महाधिवेशनमा नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई निमन्त्रणा गरिएको छैन । उक्त पार्टीलाई मान्यता नदिएकाले नबोलाइएको ओलीको बताए ।




























