सेयर बजार अपडेट – सेयर बजारमा ३२.२९ अंकको गिरावट

काठमाडौं । आज (मंगलबार) सेयर बजारमा गिरावट देखिएको छ । काराेबार खुलेदेखि नै धरमराएकाे सेयर बजारमा साँझसम्ममा ३२ अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.२९ अंकले घटेर २७३३.१४ बिन्दुमा पुगेको छ ।

आज नेप्से १.१७ प्रतिशतले घटेको हो । ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.९८ अंकले बढेर ५१५.४८ बिन्दुमा पुगेको छ ।

त्यस्तै आज कुल २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro