अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटो अब चितवनमा पनि सार्वजनिक

चितवन, मंसिर ७,२०७८ । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम—आइओन सञ्चालित इलेक्ट्रिक थ्री—ह्विलर अटो मंसिर ७, २०७८ मगंलबारका दिन भव्य समारोहका साथ चितवनमा सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले भरतपुर—९, हाकिमचोक, चितवनमा पनि मंसिर ७,२०७८ मा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट रु ८,५०,००० शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक रू २,००,००० (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन् ।

महिन्द्रा ट्रियो १०,०००+ सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेको छ ।

अग्नि इनर्जीका भरतपुर—९, हाकिमचोक, चितवनका लागि बिक्रेता सेन्ट्रल अटो जोन प्रा.लि का प्रबन्ध निर्देशक राजेन्द्र बाटाजका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ ।

कम्पनिका अनुसार — “नेपाल द्रत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री व्हीलर सवारी साधनको ँ शुभारम्भ गर्ने सही समय भएको छ । महिन्द्रा एन्ड महिन्द्राका लागि ‘लास्ट माइल मोबिलिटीका उत्पादनहरू केन्द्रीत क्षेक्र हो र ट्रियो अटो स्थायित्वसँग संयुत्त प्रविधिको एक प्रतिरूप हो, जसले परम्परागत पेट्रोल अटोको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ ।”

ट्रियो ठूलोमात्र नभइ, विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ । पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज—एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदर्शन गर्दछ ।

महिन्द्रा ट्रियोका प्रमुख विशेषताहरू

१. पेट्रोल थ्री व्हीलरको तुलनामा बढी बचत गर्ने

— इन्धनको बढ्दो भाउबाट अलग्गै रहने — वार्षिक रु २,००,०००/बचत— पेट्रोल थ्री व्हीलरका तुलनामा

— पेट्रोल अटोसँग तुलना गर्दा प्रतिकिमी रु ०.८ भन्दा कमको सञ्चालन लागत

— दैनिक ‘इन्धन/ऊर्जा’ मा खर्च हुने रकम रू १०० भन्दा कम — फूल चार्ज आठ युनिट, प्रति युनिट रू १२ र १२० किमी गुड्ने

२. उत्कृष्ठ पर्फेमेन्स

— उद्योगकै सर्वश्रेष्ठ (बेस्ट इन इन्डस्ट्री) ८ किलोवाटको ऊर्जा शक्ति र ५२ एनएमको टर्क

— बूस्ट मोडः आफ्नो ड्राइभिङ अनुभवलाई बढाउँदै प्रतिघण्टा ४४ किलोमिटर (केएमपीएच) सम्मको स्पिड र सो गति चाँडै प्राप्त गर्न सकिने ।

—प्राविधिक रूपमा उन्नत आइपी६७— रेटिङको मोटरले धूलो र वर्षाविरुद्ध सुरक्षा प्रदान गर्छ ।

— प्रतिचार्जमा १३० किमीसम्मको प्रयोगयोग्य ड्राइभिङ दायरा — एक दिनमा बहु—यात्रा = थप आय

३. उन्नत लिथियम आयोन ब्याट्री

— मर्मत—सम्भारमुक्त, १,४०,०००+ किलोमिटर ब्याट्रीको आयु

— ट्रियो अटो चार्ज गर्न तपाईंको मोबाइल चार्ज गर्न जत्तिकै सजिलो छ । घरैमा १४ एम्पियर सकेटमा जोडेर सजिलै चार्ज गर्न सकिन्छ ।

५. थकानमुक्त ड्राइभिङ अनुभव

—ट्रिओ प्रत्यक्ष—ड्राइव प्रसारण प्रणालीयुक्त (डाइरेक्ट ड्राइभ ट्रान्समिन युक्त) छ । गियर बद्लिन पर्ने वा क्लच सञ्चालन गर्नुपर्ने हुँदैन ।

— २,०७३ मिलिमिटरको अग्लो ह्विलबेसले चालक र तीन जना यात्रुलाई आरामदायी सिटमा बस्नसक्ने फराकिलो क्याबिनलाई सक्षम बनाउँछ ।

— १२.७ डिग्रीको उच्चस्तरीय उचाइ चढ्न सक्ने क्षमता (ग्रेडिबिलिटी)ले यस्तो झुकाव लिनु ट्रिओको लागि सहज कुरा हो भन्ने सुनिश्चित गर्छ ।

४. आकर्षक डिजाइन

— यसको चित्ताकर्षक नीलो र सेतो रंगको रूपरेखाले सडकमा धेरैको ध्यानाकर्षण गर्नेछ ।

— डेन्ट—प्रतिरोधी, खियामुक्त, मोड्युलर एसएमसी प्यानलहरूले मर्म्मत र प्रतिस्थापन गर्न सजिलो प्रदान गर्दछ ।

—एग्रोनोमिकल्ली डिजाइन गरिएको सबै—डिजिटल उपकरण कन्सोलले ड्राइभिङ दायरा, ब्याट्री चार्ज आदि जस्ता महत्वपूर्ण तथ्याङ्क उपलब्ध गराउँछ ।

६. उत्कृष्ठ (इन्डस्ट्री बेस्ट) वारेन्टी नेपालमा पनि

— टिेयो इलेक्ट्रिक तीन वर्ष वा ८०,००० किमी वारेन्टीसहित आउँछ — यो हाल नेपालमा अन्य अटोहरूभन्दा धेरै हो ।

— ब्यापक डिलर नेटवर्क

६. विद्युतीय अटोमोबाइल उद्योगमै—पहिलो कनेक्टेड नेमो मोबिलिटी प्लेटफार्म ९ल्झ्इः ःयदष्ष्तिथ एबितायच०

—टाढाबाटै गाडीको दायरा, जिओ—फेन्स, ट्रयाक स्पिड, स्थान र अन्य धेरै कुरा निगरानी गर्न सकिने.

८. अन्य विशेषताहरू

— टेलिमेटिक्स इकाई र जीपीएस, विन्डस्क्रिन र वाइपिङ सिस्टम, स्पेयर व्हीलको व्यवस्था ।

— ड्राइभिङ मोडहरू — एफएनआर (फरवार्ड, न्यूट्रल, रिभर्स), इकोनोमी र बूस्ट मोड, लक गर्न मिल्ने ग्लोभ बक्स, १२ भोल्ट सकेट

— १४ एएमपी अफ—बोर्ड चार्जर, खतरा सूचक, रिभर्स बजर

— शक्तिशाली हेडलाइटहरू

— मजबुत सस्पेन्सनले सडकमा खाल्डाखुल्डी भएपछि सञ्चालनको क्रममा मेरुदण्डमा पार्ने असरलाई माथिसम्म प्रशारण हुन दिँदैन ।

अग्नि इनर्जीको बारेमा

अग्नि इनर्जी प्रा. लि., अग्नि समूहको सहायक कम्पनी र महिन्द्रा इलेक्ट्रिक गाडी, महिन्द्रा युटिलिटी सवारी साधन तथा ट्रयाक्टर, डिजेल जेनरेटर आदिको अधिकृत वितरक कम्पनी हो । आज अग्नि देशकै अग्रणी युटिलिटी सवारी साधनको वितरक हो र सन् १९९१ देखि नेपालमा महिन्द्रा ब्रान्डको विरासतलाई सफलतापूर्वक निरन्तरता दिँदै आएको छ । अग्नि इनर्जी, अग्नी ग्रुपअन्तर्गत जसले सन् २०१२ देखि सञ्चालनमा आएको एउटा नयाँ कम्पनी हो, जुन मुख्यतयाः ऊर्जा क्षेत्र र विद्युतीय सवारी साधनमा केन्द्रित रहँदै आएको छ । यसका डिलरहरू नेपालभरि रहेका छन् ।

महिन्द्राका बारेमा 

सन् १९५४ मा स्थापना गरिएको महिन्द्रा ग्रुप १०० भन्दा बढी देशहरूमा २,६०,००० कर्मचारी भएका कम्पनीहरूको सबैभन्दा ठूलो र प्रशंसनीय बहुराष्ट्रिय महासंघ हो । यसको भारतमा कृषि उपकरण, उपयोगिता सवारी साधन, सूचना प्रविधि र वित्तीय सेवाहरूमा नेतृत्वदायी स्थान प्राप्त छ र संख्यात्मक रूपमाद्वारा विश्वकै सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनी हो । नवीकरणीय ऊजा, कृषि, लजिस्टिक, हस्पिटालिटी र रियल इस्टेटमा यसको बलियो उपस्थिति छ।

महिन्द्रा ग्रुपल विश्वव्यापी रूपमा ईएसजीको नेतृत्व गर्ने, ग्रामीण समृद्धिलाई सक्षम बनाउने र शहरी जीवनलाई उकास्ने, समुदाय र सरोकारवालाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र उनीहरूको उदयका लागि सक्षम तुल्याउने लक्ष्यमा स्पष्ट ध्यान दिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro