माधवराम खत्रीको प्यानलले सुरुमै गरायो उम्मेदवारी दर्ता

Ghorahi cement

कोहलपुर, मंसिर ८ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको क्षेत्र नम्बर १ मा माधवराम खत्री नेतृत्वको प्यानलले बुधबार(आज) सुरुमै उम्मेदवारी दर्ता गराएको छ ।

कोहलपुरस्थित भेरी सितभण्डारमा रहेको क्षेत्र नम्बर १ को निर्वाचन स्थलमा पुगेर माधवरामको प्यानलले दिउँसो २ बजेर ३० मिनेटमा उम्मेदवारी दर्ता गराएको कांग्रेस नेता छबिलाल डाँगीले जानकारी दिनुभयो । ‘माधवराम खत्रीको प्यानलले सबैभन्दा अगाडी पुगेर उम्मेदवारी दर्ता गराएको छ,’ उहाँले भन्नुभयो ।

उम्मेदवारी दर्ता गराउन माधवराम आफ्ना समर्थक नेता तथा कार्यकर्तासहित पुग्नु भएको थियो ।

सो क्रममा नेता तथा कार्यकर्ताले माधवरामको प्यानललाई हौसला दिएको डाँगीले बताउनु भयो । बाँके जिल्लाभरी संस्थापन पक्षलाई जिताउने कांग्रेसभित्र लहर नै चलेका बेला क्षेत्र नम्बर १ मा पनि संस्थापन पक्षका माधवरामको प्यानललाई जिताउन आम नेता, कार्यकर्ता सक्रिय रहेको नेता यमबहादुर खड्का बताउनु हुन्छ ।

निर्वाचन कार्यक्रम अन्तर्गत बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर १, क्षेत्र नम्बर २ र क्षेत्र नम्बर ३ मा बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी मनोनयन लगायत निर्वाचन कार्यक्रम राखिएको थियो । उम्मेदवारी मनोनयन पश्चात तीन वटै क्षेत्रमा बिहीबार भोली मतदान सम्पन्न गरिनेछ ।

Shangri-la Development Bank Ltd.
Nepali patro