एमाले महाधिवेशन – थापाद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारीकाे घोषणा

2.5K
shares

नेकपा एमालेका नेता तथा बागमती प्रदेश कमिटि सदस्य हरिशरण थापाले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय सदस्य खुल्ला पदमा उम्मेदवारी दिने बताएका हुन् ।

चितवनमा एमालेले शुक्रबारदेखि दसौं राष्ट्रिय महाधिवेशन गर्दैछ। एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।

नेकपा एमालेका ओली निकट थापा महाधिवेशनवाट पाटी अध्यक्षमा केपी शर्मा ओली निर्विकल्प हुने दावी गर्दे ‘पार्टीमा युवाहरुको उपस्थिति बढाउनुपर्छ , भने उदेश्यले आफूले उम्मेदवारी दिएकाे उनले दाबी गरे । उनले भने ‘ समृद्ध नेपाल र सुखी नेपालीको सारथी बन्नुपर्छ भनेर मैले केन्द्रीय सदस्यमा उमेदवारी दिन लागेको हुँ ।

त्यस्तै युवाहरुलाई प्राथमिकता तथा एकताबद्ध बनाउन काम गरेको बताउँदै उनले आगामी दिनमा एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको थापाले बताए ।

civil hospital
Hams Hospitals