महिन्द्राको सव​–डिलर अब स्याङ्जा र बाग्लुङ्गमा पनि 

27.6K
shares
Nabil bank

महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक माक्र अधिकृत बित्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रा. लि. ले महिन्द्रा कम्पनीको सव​–डिलर तथा बतास ब्रदर्श प्रा. लि. का डिलरहरु – ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टर, पुतलीबजार नगरपालिका – १ घुम्ती, स्याङ्जाको यही मंसिर ६, २०७८ का दिन र श्रेष्ठ मोटो पार्टस​, गलकोट, बाग्लुङ्गको मंसिर ७, २०७८ का दिन विशाल उद्घाटन सम्पन्न गरेको छ ।

ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टरको उद्घाटन प्रमुख अतिथि उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष श्री रविन्द्र मान श्रेष्ठ, अग्नि ग्रुप काठमाडौँका प्रतिनिधि तथा स्पेयर पार्ट्स हेड युगल सिङ्ग र अन्य माननीय अतिथिहरुद्वारा सामूहिक रुपमा गरिएको थियो । “आर्थिक समृद्धिका लागि व्यवसाय“ भन्ने मूल उद्देश्यका साथ सुचारु गरिएको यस सव–डिलरबाट स्याङ्जा तथा आसपासका जिल्लाका अत्याधिक ग्राहकहरुले गुणस्तरीय​ सेवासुविधा प्राप्त गर्नुहुने विश्वास पनि राखिएको छ ।

त्यस्तै, श्रेष्ठ मोटो पार्टस​को उद्घाटन भने कार्यक्रमका प्रमुख अतिथि गलकोट​, बाग्लुङ्ग नगरपालिकाका प्रशासकीय अधिकृत श्री तुल बहादुर वि. क., विशिष्ट अतिथि विभिन्न राजनीतिक पार्टीका स्थानीय प्रतिनिधिहरु, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुका साथै अन्य अतिथिहरुले सामूहिक रुपमा गर्नुभएको थियो ।

“नेटवर्क विस्तार गर्ने तथा धेरैभन्दा धेरै सेवाग्राहीहरुमाझ उत्कृष्ट र सहज सेवाको पहुँच बढाउने हाम्रो योजनाका लागि यस सव​–डिलरहरुको संचालनले थप टेवा पुर्‍याउने अपेक्षा गरेका छौँ”, बालाजु अटो वर्कश प्रा. लि. का लागि प्रदेश ५ का प्रोभिन्स म्यानेजर सन्तोष सुवेदीले बताउनुभयो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x