लक्ष्मी लघुविक्त वित्तीय संस्थाकाे दशौं बार्षिक साधारण सभा सम्पन्न 

38K
shares
Nabil bank

लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुविक्त वित्तीय संस्था लिमिटेडले आज मिति २०७८ मंसिर १० गते शुत्रवार संचालक समितिका अध्यक्ष श्री जीवन प्रकाश लिम्बुज्यूको अध्यक्षतामा दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

दशौं बार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ । कम्पनीले २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूंजी रु.३२ करोड ५४ हजारको ७.३७ प्रतिशतले हुने नगद लाभांश रु.२ करोड ३४ लाख ८२ हजार २६३ (कर समेत) र २० प्रतिशतले हुन आउने रकम रु. ६ करोड ५० लाख ९ हजार बराबरको वोनश शेयर पारित गरेको छ । वोनश शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु. ३८ करोड ५० लाख ४५ हजार पुग्नेछ ।

साथै, अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती ९ब्अत्रगष्कष्तष्यल० गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका ब्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव लाई समेत निरन्तरता प्रदान गरेको छ ।

शेयरधनीहरु क्रमशः इन्द्रकृष्ण श्रेष्ठ, उद्धव प्रसाद घिमिरे र शिव प्रसाद पौडेलेले संस्थाले समयमा नै वार्षिक साधारण सभा सम्पन्न गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा सुधारको लागि रचनात्मक सुझावहरु दिनु भएको थियो ।

नेपाल राष्ट्र बैंकबाट मिति २०६८ फाल्गुण २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त यस संस्थाले २०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ४४ जिल्लाहरुमा ७७ वटा शाखा कार्यालयहरु मार्फत ९६ हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्‍याएको छ ।

त्यस्तै गरी संस्थाले ७.१४ अर्ब कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट २.२ अर्ब बचत संकलन गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x