ओलीलाई अधिकार दिएकाे मान्दिन, अध्यक्षमा उम्मेद्वारी दिन्छु : भीम रावल

2K
shares

चितवन । नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने निर्णय नमान्ने बताएका छन् । उनले आफूले अध्यक्षमा उम्मेदवारी दिने पनि बताए ।

एमालेको दशौं महाधिवेशनको शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने प्रस्ताव गरेका थिए, वन्दसत्रका अधिकांशले ताली बजाएपछि उक्त प्रस्ताव पारित भएको घोषणा गरिएको थियो ।

तर नेता भीम रावलले त्यसलाई नमान्ने बताएक हुन् । नेता रावलकाे पक्षमा पनि केही नेता उभिएका छन् । राजधानी दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals