हातहतियारहरु शान्ति सम्झौताका बेला प्रचण्डले बुझाइसके: ‌‌‌‌विप्लव

काठमाडौ। आज नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आफुहरुलाई जर्बजस्ती यही दलाल संसदीय व्यवस्थामा घचेट्ने दुश्सास नगर्न कांग्रेस, एमाले र माओवादी नेताहरुलाई चेतावनी दिएका छन् । सम्पूर्ण रुपले यो संसदीय व्यवस्था असफल भएको भन्दैं महासचिव विप्लवले आफुहरुले मन्त्री, सांसदजस्ता पदहरु त्यागेर हिँडेका क्रान्तिकारीहरुलाई जर्बजस्त यो बाटोमा नधेकल्न चेतावनी दिए ।

आज घोराहीमा आफ्नो पार्टीनिकट युवा संगठन नेपालको केन्द्रीय सम्मेलनलाई संवोधन गर्दै महासचित विप्लवले आफुहरु चुनावमा जाने हो भने बरु जनमत संग्रहको चुनावमा जान संसदीय दलका नेताहरुलाई खुला चुनौती दिए ।

धेरैंपटक संसदीय निर्वान भएर धेरैं नेताहरुले यो चुनावमा जितेपनि जनताको जीवनमा कुनैं परिवर्तन नभएको भन्दैं विप्लवले अब व्यवस्था चुन्ने जनमत संग्रहको निर्वाचन नैं आजको देशको सबैभन्दा उत्तम निकास भएको जिकिर गरे ।

आफुहरुसँग भएको तीन बुँदे सहमति सरकारले कार्यान्वयन गर्नुपर्ने भन्दैं महासचिव विप्लवले सहमति कार्यान्वयन नभए आफुहरुले आन्दोलनको बलमा सरकारको षडयन्त्रलाई चकनाचुर पार्ने चेतावनी दिए ।

अर्को छुट्टैं प्रसँगमा बोल्दैं महासचिव विप्लवले आफुहरुसँग कुनैं हतियार नभएको र हतियारहरु शान्ति सम्झौताका बेला प्रचण्डले बुझाइसकेको जिकिर गरे ।

आज देशमा देखा परिरहेको सबैं समस्याको समाधान वैज्ञानिक समाजवाद मात्र भएको भन्दैं महासचिव विप्लवले समाजवादको झण्डालाई दह्रोगरी पकड्न युवाहरुलाई अपिल समेत गरे ।

Shangri-la Development Bank Ltd.
Nepali patro