सुनको मूल्यमा एकसय रुपैयाँकाे गिरावट
वि.सं.२०७८ मंसिर १३ सोमवार
1.7K
shares
shares
काठमाडौं । आज (सोमबार) नेपाली सुनको मूल्य गिरावट आएको छ। आज सुनको मूल्यमा प्रतितोला एक सय रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ रुपैयाँ कायम भएको छ । आज तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २२० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।


























