ओलीले सार्वजनिक गरेको केन्द्रीय कमिटीमा लालबाबु परेनन् , कार्यकारी पदमा समेत नबस्ने लालबाबुकाे घोषणा

काठमाडौैं । नेकपा एमालेका नेता लालबाबु पण्डितले कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन् ।

आइतबार राति अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको केन्द्रीय कमिटीमा पण्डितकाे नाम नआए पछि नेता पण्डितले कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन् ।

यसअघि पण्डितले महाधिवेशनमा उपाध्यक्षको दाबी गर्दै आएका यद्यपी सर्वसहमतिमा नेतृत्व चयन भएमा आफूले सबै त्याग गर्ने बताउँदै आएका थिए । सर्वसहमति सहित ३०१ जनाको केन्द्रीय कमिटीमा नसमेटिएपछि नेता पण्डितले विजयी भएकाहरुलाई बधाई दिँदै आफु बाहिरिएको घोषणा गरेका हुन् ।

उनले भने ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौँ महाधिवेशनबाट सम्पूर्ण बिजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

Shangri-la Development Bank Ltd.
Nepali patro