सलमानको अन्तिम बक्स अफिसमा संघर्षरत

Ghorahi cement

मुम्बई । बलिउड अभिनेता सलमान खानको निकै आशा गरिएको नयाँ फिल्म अन्तिमले बक्स अफिसमा बिस्तारै पिकअप लिन थालेको छ । यो फिल्मले भारतको बक्स अफिसमा एक सय करोडको व्यापार गर्ने आशा गरिएको थियो । तर पहिलो र दोश्रो दिनको यो फिल्मको बक्स अफिस रिपोर्ट हेर्दा यसले भारतमा १०० करोडको ब्यापार गर्ने सँभावना घट्दै गएको समीक्षकहरुले बताएका छन् ।

फिल्मले समीक्षकबाट मिश्रित प्रतिक्रिया पाएको छ । यो फिल्मले भारतको बक्स अफिसमा दुई दिनमा ११ करोडको व्यापार गरेको छ । सलमान खानको फिल्मले बिगतमा बक्स अफिसमा एक दिनमै १५ देखि २० करोडसम्मको व्यापार गथ्र्यो । तर अहिले कोरोना भाईरसको कहरका कारण सिनेमा हलमा आधा सिटमा मात्र दर्शक राख्न मिल्ने भएकाले व्यापार पनि घटेको वितरकहरुको कथन छ ।

यस अघि रिलिज भएको अक्षय कुमारको फिल्म सूर्यबँशीले एक सातामै भारतमा १०० करोडको व्यापार गरेको थियो । सो फिल्मले राम्रो व्यापार गरेपछि भारतीय बक्स अफिसमा अब राम्रा फिल्मले राम्रो व्यापार गर्ने अनुमान गरिएको थियो । तर सलमानको अन्तिमले सोचे अनुसारको व्यापार गर्न सकेको छैन । तथापि शुक्रबार र शनिबारको तुलनामा यो फिल्मले आईतबार राम्रो व्यापार गरेको वितरकहरुले बताएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro