बुटवलका व्यवसायीहरुद्वारा थापा समूहलाई पूर्ण समर्थन

लुम्बिनी अटोमोबाइल एसोसिएसनका अध्यक्ष गणेश भट्टराईको प्रमुख आतिथ्यमा लुम्बिनी क्षेत्रको सम्पूर्ण अटोमोबाइल व्यवसायीको भव्य सहभागितामा मिति २०७८–०८–१२ गते बुटवलमा ध्रुव थापा समूहलाई भव्यताका साथ स्वागत गरी झेटघाट तथा अन्तरक्रिया कार्यत्रम सम्पन्न भयो ।

नाडाको चुनाव नजिकिएसँगै थापा समूहको देशव्याफी अन्तरक्रिया कार्यत्रम तीव्र भएको छ । घराना व्यवसायी चौधरी समूहको करण चौधरी विरुद्ध उम्मेद्वारी दिएका ध्रुव थापा प्यानललाई दुगड समूह, वैद्य अर्गनाइजेसन, जगदम्बा ग्रुप, विशाल ग्रुप, केडीया अर्गनाइजेसन, लक्ष्मी समूह, आईएमई समूह, अग्नी समूह, ज्योति समूह, पञ्चकन्या ग्रुपआदि जस्ता घराना व्यवसायीहरुको समर्थन रहेको छ ।

थापा समूहबाट सदस्यपदका उम्मेद्वार श्री नारायण प्रसाद पौडेल ( राजन ) ले सञ्चालन गर्नु भएको कार्यक्रममा ध्रुवथापाले सम्पूर्ण उम्मेद्वारहरुको परिचय गराए पश्चात् आधिकारिक रुपमा सुरुवातभएको थियो ।

ऊक्त कार्यत्रममा लायन्स क्लब अफ बुटवलका पूर्व गभर्नर तथा फोर स्क्वार अटो वर्कसपका मालिक महेन्द्रनारायण श्रेष्ठ ज्यूले थापा समूहलाई पूर्ण समर्थन रहेको बताउँदै शुभकामना व्यक्त गर्नु भएको थियो ।

लुम्बिनी अटोमोबाइल एसोसिएसनका अध्यक्ष गणेश भट्टराईले प्रत्याशी थापालाई हाम्रो सम्पूर्ण व्यवसायीहरुको समर्थन रहेको र चुनावमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै कोरोनाको महामारीबाट गुज्रिरहेको हालको विषम परिस्थितिमा सहकार्य गरेर नाडाको समिति निर्माण गर्दा राम्रो हुने थियो भन्ने धारणा पनि प्रस्तुत गर्नु भयो ।

लुम्बिनीक्षेत्रका अटोमोबाइल व्यवसायीहरुको भारी उपस्थिती रहेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेद्वार ध्रुव थापाले अब नाडामा व्यवसायी मैत्री वातावरणको सृजना गर्ने र नाडाका सदस्यहरुको क्षमता अभिवृद्धि गर्न विविध गोष्ठीको आयोजना गर्ने पनि जानकारी दिँदै नाडाको नीतिगत सुधारका लागि सरकारसँग प्रभावकारी संवाद गर्न छुट्टै समितिको निर्माण गरी सशक्त रुपमा अघि बढ्ने कुरा बताउनु भयो ।

सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका व्यवसायीहरुको पूर्ण उपस्तिथी रहेको देखिन्थ्यो । करिब १४० भन्दा बढी संख्यामा उपस्थित रहेका व्यवसयीहरुले थापा समूहले साना, मझैला तथा घराना व्यवसायीहरुलाई समेट्दै इतिहास मै पहिलो पल्ट महिलालाई पनि समेटेर समूह निमार्ण गरेको भन्दै थापा प्यानललाई बुटवल व्यवसायीहरुको पूर्ण समर्थन रहने र चुनावमा भेट दिएर जिताउने बताएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro