नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट
वि.सं.२०७८ मंसिर १५ बुधवार
11.9K
shares
shares
काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम हुदाँ तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२०५ मा कारोबार भएकोमा आज प्रतितोला १२०० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।
Subscribe
0 Comments
Oldest































