राष्ट्रिय परीक्षा बोर्ड द्वारा कक्षा १२ को नतिजा सार्वजनिक ( यसरी हेर्न सकिन्छ रिजल्ट )

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक कार्यालयका प्रवक्ता जंगबहादुर अर्यालले भर्खरै मात्र रिजल्ट सार्वजनिक गरिएको बताए । गत भदौमा सञ्चालित परीक्षाको नतिजा आज सार्वजनिक गरिएको हो ।

उनका अनुसार तीन लाख ७४ हजार १५ जना परिक्षामा सहभागि भएकोमा ए प्लसमा ७ हजार ६३ जना, ए मा ४८ हजार २३९ जना, बी प्लसमा ७० हजार एक जना, बी मा ९९ हजार ५५३, सी प्लसमा ७५ हजार ८८, सिमा २४ हजार १५१, डी प्लसमा ३ हजार ८७५, डी मा २९ हजार ६ जना र ग्रेड इ मा १० हजार ७३ जना पास भएका छन् ।

यसरी हेर्न सकिन्छ , रिजल्ट-:

 

Shangri-la Development Bank Ltd.
Nepali patro