नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडकाे ३४ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, १७ मङ्गसरि २०७८ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले आर्थिक वर्ष २०७७/७८ का लागि आफ्नो ३४ औं वार्षिक साधारण सभा आज मिति २०७८ मङ्गसरि १७ गते बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा सफलतापूर्वक सम्पन्न गर्‍यो । महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअल रुपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो ।

साधारण सभामा आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो ।

साधारण सभाको अध्यक्षता गरिरहनु भएका बैंकका अध्यक्ष श्री पृथ्वीबहादुर पाँडे ले सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिनुभयो, जसमध्ये १२ ।६११ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ३।३८९ प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।

यस वर्ष बैंकले रु ४.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकको खुद नाफा ३.४४ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु. १६८ अर्बबाट वृद्धि भइ १७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १५० अर्बबाट वृद्धि भइ रु. १६२ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ४८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पुर्‍याउँदै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन–युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि बेस्ट बैंक २०१८’ र बेस्ट बैंक २०२१’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ ।

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro