पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

काठमाडौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता शेयरको ९६ करोड वरावरको प्राथमिक शेयर निश्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।

उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध संचालक केशव वहादुर रायमाझीले हस्ताक्षर गर्नुभएको हो ।

उक्त हाइड्रोपावरले लमजुङको दोर्दि नदीबाट ४५ मेगावट बिद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निश्काशन तथा विक्री प्रवन्धको रुपमा सानिमा क्यापिटल रहेको छ । सम्झौता पत्र आदान प्रदान कार्यक्रममा कोषको तर्फबाट विभागिय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायण प्रसाद घिमिरे लगायतका अधिकारी उपस्थित रहेका थिए ।

Shangri-la Development Bank Ltd.
Nepali patro