किसानलाई आतंकवादी भनिन् कंगनाले (भिडियो सहित)

काठमाडौं। शुक्रबार पञ्जाबमा गएको बेला उनको कारलाई किसानहरुले घेरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

किसानले आफ्नो गाडी घेरेपछि कंगनाले सामाजिक संजालमा आफूमाथि राजनीति भएको भन्दै भिडिओ बनाएकी छिन्।

किसान हुँ भन्दै भिडले आफूलाई गाली–गलौज पनि गरेको कंगनाको भनाइ छ।

भारत सरकारले हालै एउटा विवादस्पद कृषि कानुन खारेज गरिदिएको छ। गत वर्षदेखि नै किसानहरुले कानुन खारेज गर्न भन्दै आन्दोलन गरेका थिए।

सो क्रममा कंगना रणावतले आन्दोलनरत किसानलाई आतंकवादीको संज्ञा दिएकी थिइन्। आन्दोलनका क्रममा किसानहरु हतियार लिएर सडकमा उत्रिएका थिए।

कंगना रणावत भारतीय जनता पार्टी निकट मानिन्छिन्। उनले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको खुलेरै प्रशंसा गर्ने गरेकी छिन्।

किसानहरु मोदीविरुद्ध हुँदा पनि उनले किसानलाई गलत देखाएकी थिइन्। यतिबेला किसानहरुले कंगनाको कार घेरेका हुन्।एजेन्सी

भिडियो

Shangri-la Development Bank Ltd.
Nepali patro