आई.एम.ई. लाइफ इन्श्योरेन्सको च्याटबोट दोश्रो वर्षमा

1.2K
shares
national life insurances
Nabil bank

आई. एम. ई. लाईफ इन्श्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ । आई. एम. ई. लाइफ डाइरेक्ट को नाम बाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिले भन्दा अझ बढि र गुणस्तरिय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्व साधारणहरुलाई दिने बिश्वास कम्पनिले लिएको छ ।

लाईफ इन्श्योरेन्स कम्पनिहरु मध्ये च्याटवोट मार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आई. एम. ई. लाईफ इन्श्योरेन्सले आज भन्दा एक बर्ष पहिले आजकै दिन बाट च्याटबोट सेवा उपलब्ध गराएको हो । एक बर्षमा प्रविधिमा आएको परिवर्तन एवं सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखि थप सुविधा सहित प्रविधि मैत्री परिमार्जित च्याटबोट ल्याइएको कम्पनिद्वारा जनाइएको छ । थप सुविधा दिन तथा प्रविधि मैत्री बनाउनको लागि च्याटबोटमा आर्टिफिसियल ईन्टेलिजेन्स तथा डिजिटल प्रविधी अपनाएर एपमा समेत चल्ने र सुविधा दिन सक्ने बनाईएको छ ।

बितेको एक बर्षमा दैनिक औसतमा ५४० जनाले च्याटबोट प्रयोग गर्ने गरेको र हाल सम्म झन्डै एक लाख सत्तरी हजार वटा प्रश्नहरु आएको तथा च्याटबोटद्वारा समाधान गरिएको छ । यसबाट पनि उक्त च्याटबोट आजको प्रविधि मैत्री समाजमा अत्यन्त उपयोगी रहेको कुरा पुष्टि हुन्छ ।

सेवाग्राहीलाई बीमासम्बन्धी प्रश्नहरुको भरपर्दो उत्तर दिई छिटो छरितो रुपमा सेवा प्रदान गरि कार्यालयमा गइरहनुपर्ने झन्झटबाट मुक्त गर्ने गरि नयाँ स्वरुपमा आएको च्याटबोट आई.एम.ई. लाइफ डाइरेक्ट एक प्रकारले आई.एम.ई. लाइफको भर्चुअल कार्यालयको रुपमा आफुलाई उभ्याउन सफल हुने तथा बढि भन्दा बढि ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणहरुलाई सेवा दिन सफल हुनेमा आफु बिश्वस्त रहेको कुरा कम्पनिका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयाँलले बताउनुभयो ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited