सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’ भव्य रुपमा सम्पन्न, उत्कृष्ट लिडर्सहरु सम्मानीत

993
shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको चौथो संस्करण २०७८ साल मंसिर १८ गते शुक्रबारको दिन होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ३१,००० अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थीक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २७९ जना सिटिजन लिडरहरु, उत्कृष्ट ४ सिनियर एजेन्सी मेनेजर, एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका ऊत्कृष्ट शाखाहरुलाई सम्मान गरियो ।

कार्यक्रममा ५०० सत्रिय सिटिजन लिडरहरुको उपस्थिती थियो । कम्पनीका अध्यक्ष श्री प्रदिप जङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको समुपस्थितीमा कार्यक्रम भव्य र सव्य रुपमा सम्पन्न भयो ।

कार्यक्रममा मुख्य अतिथिका रुपमा डा. सन्दुक रुइत को उपस्थिती थियो । आफ्नो जिवनका भोगाइहरु व्यक्त गर्दै उहाँले आफुले मन देखी चाहेको खण्डमा केहि कुरा पनि असम्भव छैन भन्ने कुरामा जोड दिदैँ अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरुलाई प्रेरित गर्नु भयो ।

सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल ज्यूले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको र रहने बताउदै यस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताउनु भयो । उहाँले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गर्नु भयो ।

समापनको अवसरमा अध्यक्ष श्री प्रदिप जङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पुर्‍याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीबाट सञ्चालित विभिन्न अभियानहरु; ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’ तथा बीमाको सचेतना बढाउन ‘जीवन बीमा जरुरी छ’, ‘विद्यार्थर्सीँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवम नवीनतम जीवन बीमा योजना र व्यवसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताउनु भयो ।

civil hospital
Hams Hospitals