आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्ड बिच बीमा सेवा सम्झौता
वि.सं.२०७८ मंसिर १९ आइतवार
shares
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्ड बिच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत श्री धनन्जय रेग्मीले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बीमा लगायत सम्पत्ती तथा सवारीसाधनहरु सहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ ।
उक्त अवसरमा पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत श्री धनन्जय रेग्मीले पर्यटन बोर्डले नेपालमा ख्याती प्राप्त बीमा कम्पनी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आफ्नो कार्यालयसँग सम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा आफूलाई खुशी लागेको जानकारी गराउनुभयो ।
त्यसै गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठले नेपाल सरकार र प्राईभेट सेक्टरको पर्यटन क्षेत्रको विकास प्रवर्धनको लागि कार्य गर्ने नेपालको एक मात्र संस्था नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्न पाउँदा खुशी लागेको र यसको लागि प्रमुख कार्यकारी अधिकृत लगायत पर्यटन बोर्डका सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्नुभयो ।
त्यसै गरी उक्त अवसरमा श्री श्रेष्ठले बोर्डसँग सम्बन्धित सम्पूर्ण कर्मचारी तथा सम्बन्धित संस्थाहरुलाई आवश्यक सम्पूर्ण निर्जीवन सेवा सर्व सुलभ तरिकाले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा श्री श्रेष्ठले निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने हेतुले कम्पनीले सात वटै प्रदेशबाट सर्व सुलभ तरिकाले ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गरिरहेको र कम्पनीले नयाँ नयाँ बीमा सेवा सुरु गरि सरल बीमा र सहज दावी भुक्तानीमा बिशेष ध्यान दिई रहेको व्यहोरा जानकारी गराउनु भयो ।




























