स्नातक तह प्रथम वर्षमा भर्ना सुरु

त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले आजबाट स्नातक तह प्रथम वर्षको शैक्षिक शत्र ०७८/०७९ को भर्ना खुलाएको छ। आजबाट स्नातक तह प्रथम वर्षमा मानविकी, व्यवस्थापन , शिक्षाशास्त्र विग्यान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत क्याम्पसहरू भर्ना फारम खुलेको छ। राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को परिक्षाफल प्रकाशित गरेको केही दिनमै टि यू ले भर्ना खोलेको हो।

भर्ना फारम आज मंसिर २० गते देखि पुष मसान्तसम्म खुल्ला रहने छ।डबल दस्तुर सहितको म्याद भने माघ ७ सम्म कायम गरिएको छ।

साथै कक्षा सञ्चालन फाल्गुन १ देखि हुने सुचनामा उल्लेख गरिएको छ। प्रवेश परीक्षा भने विश्वविद्यालय डिनको कार्यालयले निर्धारण गर्ने छ। भर्ना फारम खुलाएको यो समुहको अन्तिम परिक्षा २०७९ मंसिर महिनामा हुनेछ। विस्तृत जानकारीको लागि तलको सुचना हेर्नुहोस्।

Shangri-la Development Bank Ltd.
Nepali patro