कुमारी बैंक लिमिटेडको नेपालमै पहिलो पटक फोनलोन ई.एम.आई. (EMI) मा भुक्तानी गर्न सकिने सुविधा

14.8K
shares
Nabil bank

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुऱ्याउने हेतुले गतवर्ष देखि फोनलोन सुविधा संचालनमा ल्याएको थियो । यस छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनको लागी कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट प्राइभेट लिमिटेड सँगको सहकार्यमा EMI मा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था संचालनमा ल्याएको छ । आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज

सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन EMI सुविधा संचालनमा ल्याएको हो ।

कुमारी बैंक लि.मा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम रु. १ हजार देखि अधिकतम रु. २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङ्गबाट कुनै धितो वा कागजी प्रकृया बिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिना मध्ये कुनै एक अवधी छनोट गरी भुक्तानी गर्न सक्नेछन् ।

सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ती गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकवर्गलाई सहज हुने धारणा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत श्री राम चन्द्र खनाल ज्यूले व्यक्त गर्नुभयो ।

यसको अतिरिक्त उक्त योजना अन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेट मा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यू आर स्क्यान (QR Scan) गरी सो को Buy Now, Pay Later अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ ।

आगामी दिनहरुमा यस फोनेलोअन लाई अझ बिस्तारित र विकसित गर्दै लगिने कुरा कुमारी बैंकका Chief Digital Banking श्री अनिष ताम्राकारज्यूले व्यक्त गर्नुभयो ।

आफ्ना देशव्यापी १९६ शाखा संजाल, १७७ एटिएम, ३६ शाखारहित बैंकिंग इकाई तथा १४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ

प्रेस विज्ञप्तिः कुमारी बैंक लिमिटेडको नेपालमै पहिलो पटक फोनलोन ई.एम.आई. (EMI) मा भुक्तानी गर्न सकिने सुविधा।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x