“नेपाल आइडल सिजन ५” को मुख्य प्रायोजक – कोका–कोला

15.2K
shares
Nabil bank

काठमाडौं, मंसिर २०। सर्वाधिक लोकप्रिय पेय पदार्थ कोका–कोलाले अन्तर–राष्ट्रिय लोकप्रिय सांगितिक रियालिटी शो नेपाल आइडल सिजन ५ मा मुख्य प्रायोजन गरेको छ । यो कोका–कोला र नेपाल आइडलको दोश्रो वार्षिय सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर श्री राजीव टन्डन ज्युले भन्नुभयो, “कोका–कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोश्रो वार्षिय सहकार्य हो । हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन–झन मिठो गाउने प्रतिस्पर्धीहरुको सहभागिताले यो कार्यक्रम अझ रोमान्चक र उत्साहपूर्ण हुँदै गईरहेको छ ।

हामी सबैलाई थाहा छ संगीत मानवीय भावना र सम्बन्ध व्यक्त गर्ने विश्वव्यापी भाषा हो । त्यसैले कोका–कोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको छ । नेपाली युवाको प्रतिभा उजागर गर्ने यस्तो प्ल्याटफर्ममा जोडिन पाउँदा हामी अत्यन्त खुशी छौँ । सम्पूर्ण प्रतिस्पर्धी र नेपाल आइडल टिमलाई कोका–कोलाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।”

नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर श्री सुरेश पौडेल ज्युले भन्नुभयो, “नेपाल आइडलको सिजन ५ मा पनि कोका–कोलासँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । हामी सबैलाई थाहा भएकै कुरा हो कोका–कोला सँधै संगीतसँग जोडिँदै आइरहेको छ । नेपाल आइडल र कोकको यो सहकार्य पक्कै पनि रिफ्रेसिङ रहेको छ ।

गत वर्ष सज्जा चौलागाईंले नेपाल आइडलको उपाधि जित्नुभएको थियो र आफ्नो सांगीतिक यात्रालाई वहाँले कडा परिश्रमको साथ अगाडि बढाइ रहनुभएको छ । यसपालि अझ दमदार प्रतिस्पर्धीहरुको सहभागितासँगै हामी नयाँ विजेता को हुनेछ भनेर थाहा पाउन निकै नै आतुर छौँ ।”

नेपाल आइडल देशव्यापी रुपमा मंसिर २२ बाट ब्एज्ञ टेलिभिजनमा प्रसारण हुँदैछ । यो प्रख्यात कार्यक्रम पप आइडलको नेपाली फ्रयानचाइज हो र यसले गायक बन्न चाहने प्रतिभाशाली व्यक्तिहरुलाई प्ल्याटफर्म दिँदै आइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x