चिरायु अस्पतालको ८औं बार्षिकोत्सब सम्पन्न

चिरायु अस्पतालको ८ औं बार्षिकोत्सब सुसम्पन्न भएको छ। उक्त कार्यक्रममा भुवन चन्द, दिपाश्री निरौला लगायतका कलाकारको पनि उपस्थिति थियो ।

चिरायु अस्पतालको हलमा आयोजना गरिएको कार्यक्रममा सामाजिक व्यक्तित्व लगायत कलाकार र अन्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।हेम गुरुङ र प्रो.डा.उत्तम कुमार शर्माले संयुक्त रुपमा दिप प्रज्वलन गर्नुभएको थियो ।

कार्यक्रममा प्रो.डा. उत्तम शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो। वार्षिकोत्सब कार्यक्रममा चिरायुका नर्स लगायत अन्य स्टाफहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

त्यसै गरि Employee of The Year बाट सरिता कुनाल,राधा पाण्डे र लक्ष्मी अधिकारीलाई सम्मानित गरिएको थियो। गायक रमेशराज भट्टराईले “बेहुला बनाउछु भन्थी..” र “बबाल भो..”भन्ने बोलको गीत गाएर कार्यक्रमलाई मनमोहक बनाए ।

Shangri-la Development Bank Ltd.
Nepali patro