विद्युतीय गाडीका लागि देखिएको चार्जिङ स्टेशनको समस्या समाधान गर्ने: जनार्दन शर्मा

Ghorahi cement

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय गाडीका लागि देखिएको चार्जिङ स्टेशनको समस्या समाधान गर्ने बताएका छन् । बुधबार आयोजित नाडा अटोमोबाइल्स एशोसिएसनको वार्षिक साधारण सभामा बोल्दै उनले हरेक पेट्रोल पम्पमा चार्जिङ स्टेशनको व्यवस्था गरेर चार्जिङ स्टेसनको समस्या समाधान गरिने बताएका हुन् ।

उनले भने,‘ विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि हरेक पेट्रोल पम्पमा चार्जिङ स्टेशन राखेर चार्जिङको समस्या समाधान गरिने छ ।’ नेपालमा भएको स्रोतहरुको प्रयोगबाट नै नेपालको संबृद्धि संभव रहेको बताउदै उनले विद्युत र श्रम शक्ति हाम्रो मूख्य तागत भएको र सोही तागत प्रयोग गरेर नेपालको मुहार फेर्न सकिने उनले दावी गरे । त्यस्तै उनले नेपालकै स्रोत परिचालनका लागि बाधक बनेका कतिपय नीति नियमहरु परिवर्तन गरिने पनि जानकारी दिए ।

‘हामीले केही कुराहरुमो सहुलियत दिनु जरुरी रहेको छ, जसका कारण नेपाली उत्पादनहरु अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्नेछन् ।’ उनले भने ।

Shangri-la Development Bank Ltd.
Nepali patro