वन्डरल्यान्ड इन्टरनेशनल स्कुलमा मोटिभेसन कार्यक्रम

22.6K
shares
Nabil bank

काठमाडौँ । काठमाडौँको धापासिमा रहेको वन्डरल्यान्ड इन्टरनेशनल स्कुलले आयोजना गरेको मोटिभेसन कार्यक्रममा शिक्षक शिक्षिका र अभिभावकहरुको निक्कै उत्साहजनक उपस्थिति थियो । यतिकैमा मोटिभेसन दिन अगाडी उभिए प्रितम पौडेल ।

 

अत्यन्तै रोचक प्रस्तुतिका साथ विद्यार्थीहरुलाई मोटिभेसन दिन सिपालु पौडेलको प्रस्तुतीले अभिभावक र शिक्षकहरुको अगाडि निक्कै राम्रो साना साना नानिबाबुहरुलाइ कसरी बोल्ने,पढ्ने र अभिभावकहरुले पनि कसरी प्रस्तुत हुने भन्ने बारे पौडेलले सिकाएका थिए।

 

के पढ्ने ? किन पढ्ने ? कसरी पढने ? कस्ता साथी बनाउने ? घरमा के सिक्ने ? विद्यालयमा कसरी प्रस्तुत हुने ? भन्ने बारे प्रितमले उपस्थितहुनेहरुलाई मोटिभेसन दिएका थिए ।

 

 

अभिभावक र शिक्षकलाई मोटिभेशन दिएका प्रितम पौडेलले वन्डरल्यान्ड इन्टरनेशनल स्कुलका अभिभावकहरुलाई साक्षातकार गरे । अभिभावहरुको ध्यानाकषण गराउँदै सुरुमै प्रितमले पिटेर, डर देखाएर राम्रो पढ्छन् भन्ने सोच अभिभावकहरुले परिवर्तन गर्नु पर्ने बताएका थिए ।

 

नानीबाबुहरुको सबैको सिक्ने क्षेमता र समान हुँदैनन् कोहि छिटै सिक्छन्, कोहि ढिलो यसो हुनुका धेरै कारण मध्य अभिभावकले डरत्रासमा राखेका बालबालिकाहरु ढिलो सिक्छन् र खेलको माध्याम वा मनोभावना बमोजिम साथी समान हुर्किएका नानीबाबुहरु पाढाएको पनि छिटो बुझने र छिटो विभिन्न तथ्याङ्कले देखाएकोले नानीबाबुहरुलाईडरबाट मुक्त राख्न पौडेलले आग्रह गरे ।

 

पौडेलले शिक्षा क्षेत्रका विकृतिहरू, झ्याङ्गिँदै गएका सामाजिक समस्याहरू, हाम्रो मौलिक संस्कृतिले भोग्नुपरेको अस्तित्वको संकट, प्रतिकूल बन्दै गएको पर्यावरण, हाम्रा नानीबाबुहरूले झेलिरहेको मनोवैज्ञानिक समस्या र बिग्रँदो युवापुस्ताका विषयमा सहजिकरण गरेका थिए ।

वन्डरल्याण्ड इन्टरनेशनल स्कुल १९८६ देखि संचालनमा रहेको स्कूल हो । यहाँ Activity Project Base Learning System. मा शिक्षा प्रदान गर्दै आइरहेको छ । प्रयोगक पाठ्यक्रम क्रिया कलाप अन्तर्राष्ट्रिय स्तर संग मेलखाएकोले International School Award पनि British Council ले यस स्कूललाई प्रदान गरेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x