परीक्षामा चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका विद्यार्थीले कुटे शिक्षक

1.3K
shares

काठमाडौं ।काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई कुटेपिट गरेका छन्। चिट चोर्न नदिएको भन्दै परीक्षार्थीले गार्ड बसेका शिक्षकमाथि हातपात गरेका हुन् । चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए।

परीक्षा सकिएपछि विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएका थिए। विवाद भएपछि शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुखको कोठामा छलफल गरिएको थियो। त्यही बेला विवाद हुँदा विद्यार्थी जेठाराले सहायक क्याम्पस प्रमुख प्रकाश पुडासैनीमाथि कुटपिट गरेका हुन्।

विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले शिक्षक पुडासैनीको टाउकोमा प्रहार गरेका हुन् । घाइते पुडासैनीलाई उपचारका लागि अस्पताल लगिएको छ। उनको टाउकोमा सात वटा टाँका लगाइएको छ। विवादपछि परीक्षा स्थगित गरिएको छ।

civil hospital
Hams Hospitals