नामी कलेजले बिधार्थीहरुलाई दीक्षान्त समारोह आयोजना

1.7K
shares

काठमाडौँ । गोकर्णेश्वरमा रहेको नामी कलेजले नेपालमा नै विश्वस्तरिय कोर्सहरू अध्यापन गर्दै आएको त हामी सबैलाई थाह नै छ । नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको अर्थपूर्ण साझेदारीमा नामी कलेजले विश्वस्तरिय सङ्काय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको कारणले नै आज नेपालको एउटा विशिष्ट र सर्वाधिक रुचाइएको अध्ययन गन्तव्यका रूपमा नामी स्थापित हुन सफल भएको हामी मान्दछौँ ।

यस कलेजले यही डिसेम्बर २२ तारिखका दिन आफ्ना विभिन्न संकायका बिधार्थीहरुलाई दीक्षान्त समारोह आयोजना गर्दै छ । उक्त दीक्षान्त समारोहमा एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्प्यूटिगं कोर्स अन्तर्गत का बिधार्थीहरुलाई प्रमाणपत्र वितरण गरिने छ । यस कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला केसी विशेष अतिथिका रुपमा उपस्थित हुनुहुनेछ भने कार्यक्रमलाई नामी कलेजकी अध्यक्ष डाक्टर आरजु राण देउवाले अध्यक्षता गर्नुहुनेछ । काठमाण्डौको होटेल याक एन्ड यतीमा दिउँसो १ बजेबाट सुरु हुने यस कार्यक्रममा अतिथिका रूपमा नेपालका लागि बेलायतका कायममुकायम राजदूत एड वर्ड रोवर्टको पनि उपस्थिति हुने छ ।

हाम्रा बिधार्थीहरुलाई समयअनुरूप विभिन्न कार्यशाला, अतिरिक्त क्रियाकलाप र अन्य कार्यक्रमहरू समेत हामीले आयोजना गर्दै आएका छौँ । विश्व स्तरमा नै आफ्नो विषयमा ख्याति कमाउन सफल व्यक्तित्व र प्राज्ञहरूलाई नामी कलेजको दीक्षान्त समारोहमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ ।

 

नामी कलेजको आयोजनामा भएको यस कार्यक्रमको बारेमा प्रकाशन, प्रसारण गरेर हामीलाई सहयोग गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

civil hospital
Hams Hospitals