माओवादीका जनवर्गीय संगठनका प्रमुखहरुले एक स्वरमा भनेदेश अहिलेपनि प्रचण्डको एजेण्डामा हिँडेको छ

Ghorahi cement

काठमाडौं, ९ पुस । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का भातृ संगठनका प्रमुखहरुले पार्टीको राष्ट्रिय सम्मेलनमार्फत लिईने नीति र विचारले नै देशलाई डोर्याउने बताएका छन् । र, उनीहरुले अहिले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ को कुनै विकल्प नरहेको पनि स्पष्ट पारेका छन् ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह, वाईसिएलका अध्यक्ष सुमन देवकोटा र मजदुर संगठनका प्रमुख जगत सिम्खडाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै पार्टीका उपत्यकाविशेष प्रदेश अध्यक्ष जगत सिम्खडाले राष्ट्रिय सम्मेलनपछि आनो पार्टी नेपालकै पहिलो समाजवादी पार्टी बन्ने बताए । ११ गतेबाट सुरु हुने प्रथम सम्मेलनमा अध्यक्ष प्रचण्डले पेश गर्ने दस्तावेजमा बहस तथा छलफल हुने पनि जानकारी दिए । उनले भने,दस्तावेजमा भएका कमजोरीबाट पाठ सिक्दै हामी आजका दिनमा पार्टीको रणनैतिककार्यनीतिलाई चुस्त/दुरुस्त बनाएर समावेशिताको नमूना प्रदर्शन हुनेखालको पार्टी बनाउने छौं।’

आफूहरुले सम्मेलनपछि रणनीती र कार्यनितिको हिसाबले समाजवादको नारालाई कार्यान्वयन गर्ने पहिलो पार्टी माओवादी बनाउने पनि उनले बताए । प्रचण्डले बोकेको एजेण्डामा नै मुलुक ०४२ सालदेखि आजसम्म अघि बढिरहेको उनले जिकिर गरे।

उनले भने,कहिलेकाहीँ पार्टी सानो होला, संसदमा प्रतिनिधित्व गर्ने हाम्रो सांसदहरुको संख्या घट्ला, वा सिट बढ्ला त्यो गौण कुरा हो, तर यो देश माओवादीले अघि सारेको एजेण्डाअनुसार नै हिँडेको छ । एजेण्डा कस्तो छ ? एजेण्डा कसले उठायो ? गणतन्त्र कसले उठाएको एजेण्डा हो ? संघीयता कसले उठाएको एजेण्डा हो ? धर्मनिरपेक्षता कसले उठाएको एजेण्डा हो ? समानुपातिकसमावेशिता, यी सबै प्रचण्डका एजेण्डा हुन् ।’

प्रचण्डले बनाएको कार्यदिशानुसार आज देश अघि बढिरहेको उल्लेख गर्दै सिम्खडाले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र पनि प्रचण्डकै एजेण्डा भएको दाबी गरे । प्रचण्डले हिजोको दिनमा समावेशीताको मुद्दा उठाउँदा दलित, महिला, जनजातिहरुलाई व्यंग्य गर्नेखालका नेताहरु पनि त्यतिवेला धेरै रहेको स्मरण गराए । उनले भने,देश अहिले माओवादीको एजेण्डाभन्दा दायाँबाया छैन् ।’

सिम्खडाले अब समृद्धिको मुद्दामा प्रवेश गरेर सम्मेलनले समाजवादउन्मुख नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्न रणनीति पनि तय गरिने जनाए । उनले माओवादी आफैमा रुपान्तरणसहितको माओवादी भएर जनताको बीचमा जाने र सम्मेलनले आगामी १० वर्ष माओवादीले नै देशको नेतृत्व गर्ने नीति तय गर्ने फनि दाबी गरे ।

त्यस्तै, कार्यक्रममा बोल्दै अनेरास्ववियू (त्रान्तिकारी) की अध्यक्ष सिंहले आगामी पुस ११ देखि १३ गतेसम्म हुने हुने पार्टीको प्रथम राष्ट्रिय सम्मेलन विचारको सम्मेलन हुने बताईन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ अहिले पार्टीको दस्तावेज लेखन र यसलाई अन्तिम रुप दिन व्यस्त रहेको समेत सिंहले जानकारी दिईन् । प्रचण्डले सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेजलाई प्रतिनिधिहरुका बीचमा छलफल गरेर मुर्तरुप दिईने पनि उनले बताईन् ।

अब माओवादी नयाँ कार्यदिशा बोकेर जनतामाझ जाने उनको भनाई थियो । उनले माओवादी हरायो, कमजोर भयो र चुक्यो भन्नेहरुलाई पनि यो राष्ट्रिय सम्मेलन नै जवाफ दिने पनि बताईन् । कुनै समयमा नेपाली कांग्रेस ठुलो पार्टी बन्यो, कुनै समय माओवादी ठुलो बन्यो भन्दै उनले आखिर जुन ठुलो पार्टी बनेपनि माओवादी र त्यसमा पनि प्रचण्डको एजेण्डामा हिँडेको दाबी गरिन् । उनले भनिन्,‘आज पनि देश माओवादीले लिएको एजेण्डा र देखाएको बाटोमा हिँडेको छ ।’

उनले देशमा तत्कालिन अवस्थामा विद्यमान रहेको सामन्ती व्यवस्था राजतन्त्रलाई फाल्नको लागि नै आफ्नो पार्टीले जनयुद्ध गरेको पनि स्मरण गराईन् । उनले ०४२ सालमा अध्यक्ष प्रचण्डले सुरुवात गरेको विद्रोह आज सफल भएको पनि दाबी गरिन् । अध्यक्ष प्रचण्डले राज्यले एउटै धर्म बोकेर हिँड्न हुँदैन भनेर आवाज उठाएकै कारण आज मुलुकमा धर्मनिरपेक्षता आएको पनि बताइन् । मुलुकमा भएका सबैखाले परिवर्तन र अग्रगमनकारी एजेण्डा माओवादीकै कारण हाँसिल भएको भन्दै यसमा माओवादी नै हकदार भएको पनि अध्यक्ष सिंहले स्पष्ट पारिन् ।

उनले माओवादीले बोकेकै एजेण्डा र ल्याएको परिवर्तनका कारण महिला राष्ट्रपति बन्ने अवसर निर्माण भएको पनि उल्लेख गरिन् । उनले भनिन,यी सबै माओवादीको एजेण्डा हुन् । सिंहले अहिलेपनि नेपालका सबै राजनीतिक दलहरु माओवादीले बोकेको राजनीतिक मुद्दाअनुसार नै चलेको दाबी गरिन् ।

उनले माओवादी कुनै हालतमा आजपनि कमजोर नभएको जिकिर गरिन् । उनले भनिन्,हाम्रो पार्टी आजपनि कमजोर छैन् । अध्यक्ष कमरेड प्रचण्डले ल्याएको नीति कार्यान्वयन गर्न पार्टी अहिलेपनि उहाँकै नेतृत्व आवश्यकता छ । प्रचण्डले माइतीघरमा बसेर आन्दोलन नगरेको भए अहिले गणतन्त्र हराइसक्थ्यो ।’

प्रचण्ड नै आज माओवादीको निर्विकल्प नेतृत्व रहेको पनि सिंहले बताईन् । उनले भनिन्हाम्रो पार्टीको नेतृत्वको लागि पार्टीका अरु नेताहरुले दाबी गर्नुहोला जस्तो मलाई लाग्दैन् ।’ आजको दिनमा समाजवादी कार्यदिशाको जरुरी रहेको उल्लेख गर्दै उनले आगामी दिनमा समाजवादी कार्यदिशा निर्माण गरेर पार्टी अगाडि बढ्ने बताइन् ।

त्यस्तै, वाइसीएलका अध्यक्ष सुमन देवकोटाले माओवादी युवाहरुको र देशकै भविष्य बोकको पार्टी भएको स्पष्ट पारेका छन् । उनले अहिले देशमा विद्यमान राजनीतिक दलहरुमध्ये माओवादीले नै युवाहरुलाई सबैभन्दा बढि स्थान दिएको सुनाए । उनले भने,युवालाई चाहेको र युवालाई अगाडी बढाउने एउटा मात्र दल माओवादी हो ।’

अन्य पार्टीले युवाहरुलाई झण्डा बोक्न र सडकमा उतार्नमात्र प्रयोग गरेको आरोप लगाउँदै उनले माओवादीले मात्रै युवाहरुलाई नीति निर्माणको कार्यमा उचित भूमिका दिएर अघि बढाएको दाबी गरे । युवालाई केन्द्र (नेतृत्वको तह) मा प्र्युाउने पार्टी माओवादी मात्रै भएको उनको भनाई थियो ।

‘नेपालका मुख्य ३ पार्टीलाई हेर्दा युवालाई अगाडी ल्याउने पार्टी माओवादी मात्रै हो । माओवादीले युवाहरुको लागि विधानमै उचित व्यवस्था गरेको छ ।’देवकोटाले भने । कांग्रेस र एमाले पार्टीको पालिका अधिवेशनमा २०/२२ वर्षका कलिला प्रतिनिधि बनेको खबरले आश्चर्य बनिरहेकोलाई व्यंग्इ गर्दै उनले माओवादीको त्यस्ता समाचार धेरै भएको समेत बताए ।

उनले अबको अध्यक्ष निर्विकल्प प्रचण्ड नै भएको बताए । उनले भने,‘अब निर्विकल्प रुपमा प्रचण्ड अध्यक्ष हुनुहुन्छ, उहाँ पार्टीको मात्र नभएर यो देशकै नेता हो ।’ अहिले देश प्रचण्डले भनेको बाटोमा हिँडेको उनले बताए । उनले अहिले प्रचण्डले जता टाउको फर्काए त्यतैतर्फ देश हिँडेको र प्रचण्डले जहिल्यैपनि अग्रगमनको बाटो तय गरेको बताए । देवकोटाले पार्टीभित्र नेतृत्वमा आउन चाहनेहरुको लागि कुनै बन्देज नगरिएको पनि सुनाए । उनले अध्यक्ष प्रचण्डले सबै विकल्प खुल्ला गरेको जनाए ।

उनले संगठनभित्र पार्टीलाई मजबुद बनाउन वैचारिक, राजनीतिक र सामाजिक रुपमा कहाँ चुकेको छ त्यसबारेमा बहस हुने पनि बताए । समाजवादको यात्रा पार्टीभित्र बहस नगरिकन समाजवादी लक्ष्य पुरा नहुने भएकोले सम्मेलनमा यसबारेमा सबैभन्दा धेरै बहस हुने पनि उनले जनाए । देशको भविष्य बोकेको पार्टी नै माओवादी मात्र भएको उनले बताए ।

उनले प्रचण्डको एजेण्डा देशमा रहेसम्म युवाहरुले साथ दिने पनि बताए । उनले भने,युवालाई विश्वास र युवाले भरोसा गर्ने नेता प्रचण्ड हो र युवाले मान्ने नेता पनि प्रचण्ड नै हुनुहुन्छ ।’

Nepali patro