दीपिकाकाे खुलासा भनिन् : ‘कोरोनापछि मेरो दिमागले ठीकसँग काम गरिरहेको छैन’

Ghorahi cement

नयाँ दिल्ली। बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो फेसन सेन्स र सामाजिक सञ्जालका गतिविधिलाई लिएर निकै चर्चामा छिन् । अब उनले कोरोना भाइरसबाट निस्किएपछि काममा फर्कन अलि गाह्रो भएको खुलासा गरेकी छिन् ।

काेभिडले आफ्नो जीवन पूर्ण रूपमा परिवर्तन गरिसकेको र दिमागले काम नगरेकाे उनले बताइन् ।

दीपिका पादुकोणले एनडीटीभीलाई दिएको अन्तर्वार्तामा खुलासा गरेकी छिन्, ‘कोरोनाको दोस्रो लहरमा उनको सम्पूर्ण परिवार सँगै कोरोना पोजेटिभ भयो ।

तर जब म कोरोनाबाट निस्किए, मलाई चिन्न निकै गाह्रो भयो ।काेभिड पछि मेरो जीवन पूर्ण रूपमा परिवर्तन भयो किनकि म शारीरिक रूपमा धेरै कमजोर भए ।

Nepali patro