महाधिवेशनमा पार्टी पंक्ति र आफ्नै वृहत्त आत्मासमीक्षा गरिने छ : अध्यक्ष प्रचण्ड

2.6K
shares

पुस काठमाडौं । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनबाट आत्मसमीक्षा र आत्मालोचना गर्ने बताएका छन् ।

पार्टीको सुरु भएको ८औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले जारी महाधिवेशनमा पार्टी पंक्ति र आफ्नै वृहत्त आत्मासमीक्षा गरिने बताएका हुन् ।

उनले पार्टी शान्ति प्रक्रियामा आएपछि कहाँ-कहाँ कमजोरी भयो भन्ने विषयमा आत्मासमीक्षा र आत्मालोचना गर्ने बताए । सबैभन्दा धेरै आत्मासमीक्षा आफ्नो हुने पनि उनले बताए । उनले भने, ‘शान्ति प्रक्रियामा हामी आएपछि, माओवादी आएपछि कहाँ-कहाँ चुक्यौँ भन्ने आत्मासमीक्षा हुन्छ । सबैभन्दा धेरै आत्मासमीक्षा म आफैँको हुनेछ ।’

माओवादी अहिले आएर कमजाेर जस्ताे देखिनुमा कहाँ कहाँ के के गल्ती भयाे त्यसकाे समीक्षा गर्दै महाधिवेशले नयाँ कार्यनीति र रणनीति बनाएर पार्टीलाई क्रान्तिकारी ढंगले अगाडि बढाउने उनले बताए।

उनले एमालेसँग भएको एकता गल्ती नभएको पनि बताएका छन् ।उनले एमालेसँग एकता स्थायित्व र समृद्धिकै लागि भएकोले त्यसमा गल्ती नभएको बताए ।

उनले भने ‘एमालेसँगको एकता कुनै गल्ती भएको होइन । स्थायित्व र समृद्धिका लागि एमालेसँग एकता भएको थियो। यहाँ आउनु भएको शंकरजीले पनि एकता गल्ती नभएको बताउनुभएको छ । त्यो बुझाइ ठीक छ । तर एकता किन भंग भयो त्यस विषयमा हामीले महाधिवेशनमा समीक्षा गर्ने छौं । एमालेले पनि त्यसलाई समीक्षा गरोस् ।

civil hospital
Hams Hospitals