एमाले नुवाकोटको सातौँ जिल्ला अधिवेशन विदुरमा २३ पुसमा
सिंहदरबार न्यूज
वि.सं.२०७८ पुस १२ सोमवार
2.3K shares
नुवाकोट । नेकपा (एमाले) नुवाकोटको सातौँ जिल्ला अधिवेशन जिल्ला सदरमुकाम विदुरमा २३ पुसमा हुने भएको छ । एमाले पार्टी कार्यालयमा भएको जिल्ला कमिटीको १८ औँ बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।
जिल्ला उपाध्यक्ष बद्री मैनालीका अनुसार अधिवेशनका लागि १७ पुसमा ८८ वटा वडामा एकै दिन प्रतिनिधि छनोट गरिनेछ । जस अनुसार खुला २५ संगठित सदस्य बराबर १ प्रतिनिधि, महिला २० संगठित सदस्य बराबर १ प्रतिनिधि र दलित १५ संगठित सदस्य बराबर १ प्रतिनिधि चयन हुनेछन् ।
दलित कोटामा प्रतिनिधि चयनका लागि पालिकालाई भूगोल मानिने छ, भने त्यसमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने मापदण्ड तय भएको मैनालीले जानकारी दिए ।