खेलकुद मन्त्री अथकद्धारा बिजेता टिमलाई बधाई 

काठमाडौं। बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि बिजेता नेपाली महिला टिमलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिनुभएको छ ।

साविकको विजेता नेपालले उज्वेकिस्तान माथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि मन्क्री अथकले खुसी ब्यत्त गर्दै बधाई दिनुभएको हो ।

नेपाली टिमको जितको खबरले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई बधाई दिनुभएको हो । उहाँले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै खुसी ब्यक्त गर्नुभएको हो।

बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो ।

Shangri-la Development Bank Ltd.
Nepali patro