विचार र चिन्तन परिवर्तन गर्न विप्लवलाई नेपालकाे सुझाव
सिंहदरबार न्यूज
वि.सं.२०७८ पुस १३ मंगलवार
1.2K shares
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन् ।
राष्ट्रियसभा गृहमा मंगलबार आयोजित नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गर्न र यसबाट मात्र क्रान्ति सम्भव रहेको सुझाव दिएको जानकारी दिए ।
‘मैले केही दिनअघि विप्लवका केही नेतालाई भने–तपाईंहरुको विचार र चिन्तन परिवर्तन गर्नुहोस्,’ कार्यक्रममा अध्यक्ष नेपालले भने, अनि मात्र क्रान्ति सम्भव छ ।’